संयुक्त अरब इमिरेट्स (यूएई)ले भिजिट भिसा सम्बन्धी नयाँ नियम लागू गरेको छ, जसअनुसार भिसा स्पोन्सर गर्न चाहने व्यक्तिले निश्चित मासिक न्यूनतम तलब पूरा गरेको हुनुपर्छ। परिवारका मुख्य सदस्य (बुबा, आमा, श्रीमान्/श्रीमती, छोराछोरी) ल्याउन प्रायोजकको मासिक ४,००० दिराम तलब हुनुपर्नेछ भने दोस्रो तहका नातेदार (दाजुभाइ, दिदीबहिनी, हजुरबा–हजुरआमा, नाति–नातिनी) र तेस्रो तहका नातेदार (काका–काकी, मामा–फुपु, कजिन) ल्याउन कम्तीमा ८,००० दिराम तलब अनिवार्य हुनेछ। साथी (नन-रिलेटिभ) ल्याउन चाहिँ १५,००० दिराम मासिक तलब हुनुपर्ने नियम लागू गरिएको छ। साथै, भिसा आवेदन गर्दा नाता प्रमाण, कम्तिमा ६ महिनाको वैध राहदानी र फिर्ता टिकट पेश गर्नु अनिवार्य छ। यस नयाँ नियमले पारदर्शिता र आर्थिक स्थिरता सुनिश्चित गर्ने उद्देश्य राखेको छ र अब भिसा प्रायोजकको तलबको आधारमा मात्र स्वीकृत हुनेछ।