के तपाईंलाई थाहा छ Thunderbolt भनेको के हो?
आजको यस भिडियोमा हामी बुझ्नेछौँ — Thunderbolt के हो र यो ल्यापटप वा कम्प्युटरमा कसरी प्रयोग हुन्छ। Thunderbolt भनेको एउटै पोर्टबाट ultra-fast data, video र power transfer गर्न सक्ने modern technology हो। यो Intel र Apple द्वारा विकसित गरिएको हो र हालका अधिकांश high-end laptop र desktop हरूमा यो feature पाइन्छ। Thunderbolt का मुख्य version हरू Thunderbolt 3 र Thunderbolt 4 हुन्। भर्जन अनुसार यसको data transfer speed फरक हुन्छ — नयाँ version हरू अझ तेज, efficient र multi-purpose छन्। यसको प्रयोग गरेर तपाईं external monitor, storage drive, docking station, वा charger सबै एउटै cable बाट connect गर्न सक्नुहुन्छ।