कास्की जिल्ला प्रशासन कार्यालयले आजबाट राहदानी सेवा पुनः सुरु गरेको छ। भदौ २४ गतेको आन्दोलन र तोडफोडका कारण रोकिएको सेवा अब क्रमिक रूपमा उपलब्ध हुनेछ। सुरुवाती चरणमा राहदानी सेवा स्थानीय तहहरूमा मात्र प्रदान गरिनेछ। नयाँ राहदानी र नवीकरण दुवै सेवा खुला हुनेछन्। राहदानी शुल्क भुक्तानीका लागि eSewa र Khalti जस्ता डिजिटल माध्यम प्रयोग गर्न सुझाव दिइएको छ। यदि बैंकमार्फत भुक्तानी गर्नुपर्ने भए, NIC Asia Bank बिरौटा शाखामा कार्यालय कोड 314923902 र राजस्व शीर्षक 114227 प्रयोग गरी शुल्क बुझाउन सकिन्छ। राहदानी तयार भएपछि मात्र “Dear Applicant, Your passport is ready to collect” भन्ने SMS प्राप्त भएपछि कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ।