एलन मस्कको AI कम्पनी xAI ले आफ्नो latest version ‘Grok-4’ सबै User हरूका लागि Free उपलब्ध गराउने घोषणा गरेको छ। हालैमात्र OpenAI ले GPT-5 launch गरेपछि मस्कले यो कदम चालेका हुन्। Grok-4 public भएको करिब एक महिनापछि यसको access विस्तार गरिएको हो। सुरुमा यो कम्पनीको ‘SuperGrok’‘X Premium’ जस्ता Paid Plan का Subscriber हरूका लागि मात्र Available थियो। कम्पनीले आइतबार Social Media X मा Post गर्दै भनेको छ — “Limited Time का लागि हामीले यसको Use Limit लाई Flexible बनाएका छौँ, ताकि तपाईंले Grok-4 को Full Potential Explore गर्न सक्नुहोस्।” यो सुविधा Globally सबै User हरूका लागि लागू हुनेछ। तर, xAI को सबैभन्दा Powerful Version मानिने ‘Grok-4 Heavy’ भने Paid Customer हरूमा मात्र सीमित रहनेछ।

Grok-4 का मुख्य Feature

  • Auto Mode: Prompt लाई Detailed र High Logical Reasoning चाहिन्छ वा छैन भन्ने कुरा AI ले Decide गर्छ। Fast Performance दिनुका साथै Computing Power र Resource Consumption पनि कम गर्छ।
  • Expert Mode: सुरुको Answer बाट Satisfied नभएमा Manual रूपमा High Reasoning Mode मा Switch गर्ने Option दिन्छ।

गत हप्ता xAI ले US-based सबै User हरूका लागि ‘Grok Imagine’ नामक AI Video Generation Feature पनि Free गरेको थियो। तर, यो सुविधा Public भएको केही दिनमै Controversy मा परेको छ। BBC को Report अनुसार, धेरै User हरूले यो Feature प्रयोग गरेर Taylor SwiftSydney Sweeney जस्ता Popular Celebrity हरूको Inappropriate Video बनाएको पाइएको छ।

यसैबीच, एलन मस्कले हालै Grok Chatbot भित्र Advertisement देखाउने Plan पनि Disclose गरेका छन्। हालैको एक ‘X Space’ Discussion मा बोल्दै उनले AI Model चलाउन लाग्ने ‘Expensive’ GPU Cost Cover गर्न Additional Income Source आवश्यक भएको बताएका थिए। विज्ञापनहरू Grok AI Chatbot को Website र Mobile App दुबैमा Answer र Suggestion को बीचमा देखाइनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *