YouTube ले पनि अब Instagram र TikTok जस्तै सहकार्य (Collab) Feature को Testing सुरु गरेको छ। YouTube Help मा एक जना Google Employee ले बताए अनुसार, यो Feature मार्फत Creators हरूले आफ्नो Video मा Co-creators Add गर्न सक्नेछन्, जसले उनीहरूलाई एक अर्काको Audience माझ Recommend हुन मद्दत गर्नेछ।

Engadget का अनुसार, हाल यो Feature केही Limited Creators लाई मात्र उपलब्ध छ, तर भविष्यमा यसको Access विस्तार गर्ने योजना YouTube को छ।

Influencer Marketing Advisor Lindsay Gamble ले Threads मा एक Screenshot Share गरेका छन्, जसले देखाउँछ कि यो नयाँ Feature कसरी काम गर्छ। Screenshot अनुसार, Co-creators को नाम Original Creator को नामसँगै देखिनेछ। यदि धेरै जनालाई Add गरिएको छ भने, Especially मोबाइलमा “…And More” भनेर देखिनेछ। त्यसमा Tap गर्दा सबैको नाम खुल्नेछ, र Side मा Subscribe Button पनि देखिनेछ।

Instagram र TikTok मा जस्तै, YouTube मा पनि Video Upload गर्ने Creator ले अरूलाई Collab को लागि Invite गर्नुपर्ने हुन्छ, र Invited व्यक्तिले त्यसलाई Accept गर्नुपर्ने हुन्छ। यसले Unauthorized Users लाई Video मा Add हुनबाट रोक्नेछ।

तर Co-creators ले Uploader को Private Details (जस्तै Analytics) Access गर्न पाउने कि नपाउने भन्ने कुरा भने YouTube ले अहिलेसम्म स्पष्ट पारेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *